१६ असार २०८३, मंगलबार

कक्षा १२ को विज्ञान समूहको परीक्षाफल सार्वजनिक, ७९ प्रतिशत विद्यार्थी उत्तिर्ण

कात्तिक २०, २०७४
कक्षा १२ को विज्ञान समूहको परीक्षाफल सार्वजनिक, ७९ प्रतिशत विद्यार्थी उत्तिर्ण

काठमाडौं, २० साउन– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान समूहको परीक्षाफल सार्वजनिक गरेको छ । बोर्डले शुक्रबार बिहान सार्वजनिक गरेको परीक्षाफल अनुसार ७९.४४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

बिहान बसेको बोर्डको बैठकले पछि १० बजे नतिजा सार्वजनिक गरिएको हो । गत वैशाखमा सञ्चालित परीक्षामा विज्ञान समूहका ४४ हजार ८ सय ९७ परीक्षार्थी सहभागी थिए । जसमध्ये ३५ हजार ६ सय ६८ परीक्षार्थी उत्तीर्ण भएका छन् ।

प्रकाशित नतिजाअनुसार १७ जनाको परीक्षा रद्द गरिएको छ । यस्तै यो वर्ष आंशिकमा सम्मिलित ९ हजार ४ सय ८९ जनामध्ये ४ हजार १ सय ३७ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । आंशिक परीक्षार्थीमध्ये ३ जनाको परीक्षाफल रद्द गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्