३१ असार २०८३, बुधबार

देशभर विभिन्न क्षेत्रमा वर्षा, भोलि टीकाको दिन पनि वर्षा हुने

देशभर विभिन्न क्षेत्रमा वर्षा, भोलि टीकाको दिन पनि वर्षा हुने

दशैंको महानवमीका दिन मंगलवार देशभर हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ ।

मंगलवारको वर्षाले गर्दा दशैंका क्रममा मानिसहरूलाई आवतजावतमा पनि कठिनाइ भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर अवस्थित रहेको र मंगलवार प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ ।

अहिले गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका केही भूभाग तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा मेघगर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

मौसमविद् सजिना शाक्यका अनुसार मंगलवार मध्य तथा पूर्वी भागमा हल्का तथा मध्यम खालको वर्षा भइरहेको छ । विजया दशमीको दिन बुधवार देशको पश्चिम भागमा भारी वर्षाको सम्भावना रहेको छ भने अन्य स्थानमा हल्का वर्षा हुनेछ ।

महाशाखाका अनुसार मंगलवार राति पनि बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा थोरै र प्रदेश १, मधेश प्रदेशका १/२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

विजया दशमीको दिन बुधवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्