×

NMB BANK
NIC ASIA

आसपासमा फेरि घर–टहरा बनाउने क्रम बढ्पछि साँघुरियो नहर

असोज १८, २०७९

NTC
Premier Steels

सुनसरी–मोरङ सिँचाइ आयोजनाको चतरा नहरआसपास फेरि घर–टहरा बनाउने क्रम बढ्न थालेको छ । सात वर्षअघि नियमनकारी निकायले घर–टहरा हटाएर केही वर्ष रोकिएकामा फेरि बनाउने क्रम बढेको हो । 

Muktinath Bank

विसं २०७२ मा सुनसरी बराह क्षेत्रको चतरादेखि नहर पुग्ने अन्तिम स्थान मोरङको बाहुनीसम्मको क्षेत्रमा ५ हजार ५ सय हाराहारी घर–टहरा भत्काइएका थिए । घर–टहरा हटाउन आयोजनाले पटक–पटक सूचना गर्दा पनि अटेर गरेपछि अन्तिममा सुरक्षाकर्मी परिचालन गरी डोजर लगाएर घर–टहरा भत्काइएको थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर, पछिल्लो समय फेरि अतिक्रमित जमिन खाली गराउन पहल नहुँदा घर–टहरा बनिरहेका छन् । सुनसरीको चतराबाट नहर पुग्ने मोरङको बाहुनीसम्म ५३ किलोमिटर आसपास घर–टहरा बनाउने क्रम नरोकिँदा नहर साँघुरिँदै गएको छ । 


Advertisment
Nabil box
Kumari

दुई वर्षयता रामधुनीको झुम्काबजारदेखि उत्तर–दक्षिण दुवैतर्फ नहर आसपास घरटहरा बनाउने क्रम बढ्दै गएको छ । मोरङको बूढीगंगा गाउँपालिकादेखि बाहुनीसम्म पनि ठाउँ–ठाउँमा घर–टहरा बनाइएका छन् ।

Vianet communication

सुनसरी–मोरङ सिँचाइ आयोजनाले नहरको आसपासमा कुनै प्रकारको अतिक्रमित गतिविधि नगर्न पटक–पटक सार्वजनिक सूचना नै जारी गर्ने गरेको छ । तर, सिँचाइ आयोजनाको आग्रहलाई अटेर गर्दै नहर आसपास मनोमानी घर–टहरा बनिरहेका छन् । 

सुनसरीको रामधुनी र इटहरीको खनार क्षेत्रमा जथाभावी घर–टहरा बनाउने क्रम तीव्र बनेको छ । कतिपय संघसंस्थाको अगुवाइमा शौचालय र सिँचाइकै जग्गामा भवनसमेत निर्माण गरिएको छ । 

बसोबास गर्ने क्रममा अन्यत्र बस्ने दरिलो आधार नभएपछि बाध्य भएर नहर आसपासका जग्गामा बस्नु परेको स्थानीयवासीले बताएका छन् । उनीहरूले सुनसरी मोरङ सिँचाइ आयोजनाले सूचना निकालेर हट्न आग्रह गरे पनि उपाय नभएपछि बस्नु परेको बताएका छन् ।

रामधुनी नगरपालिका–१ का वडाध्यक्ष महेशकुमार चौधरीले बजारको बीचबाट नहर बगेकाले बजार नै कुरूप बन्दै गएको र नहर अतिक्रमणको चपेटामा परेको बताए । 

नहर आसपास बसोबास गर्नेलाई ऐलानी जग्गाको पहिचान गरी सार्ने योजना रहेको इटहरी–१६ का वडाध्यक्ष तेजनारायण चौधरीले बताए । 

अन्न उत्पादनका लागि सुनसरी र मोरङ पूर्वकै उर्वरभूमि मानिन्छन् । नहर दिनानुदिन साँघुरिएकाले खाद्यान्न उत्पादनमा कमी आउने गर्छ । चतरा नहरले सुनसरी–मोरङको एक लाख दुई हजार बिघा खेतीलाई सिञ्चित गर्ने गर्छ । नहर विसं १९६७ मा बनाइएको हो । 
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख १६, २०८१

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले ढुक्क भएर लगानी गर्न आग्रह गरेकी छिन् । आजदेखि शुरू भएको लगानी सम्मेलन २०२४ का अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन् । ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x