२२ असार २०८३, सोमबार

गुल्मीमा जीप दुर्घटना : २ जना घाइते

गुल्मीमा जीप दुर्घटना : २ जना घाइते

गुल्मीमा जीप दुर्घटना हुँदा २ जना घाइते भएका छन् । 

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले दिएको जानकारी अनुसार गएराती रेसुङ्गा नगरपालिका-४ अर्खलेमा जीप दुर्घटना भएको हो । 

१० जना यात्रु लिएर बुटवलबाट गुल्मीको अर्जेतर्फ गएको लु १ ज ४४४८ नम्बरको जीप तम्घास-सिमलटारी सडक खण्ड अन्तरगत अर्खलेमा दुर्घटना हुँदा रुपन्देही बुटवल-१४ कि ३५ वर्षीया देवकला अर्याल र जिप चालक २६ वर्षीय कृष्ण सुनार घाइते भएका छन् ।

उनीहरूलाई उद्दार गरी थप उपचारका लागि सदरमुकाम तम्घास ल्याइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्