×

NMB BANK
NIC ASIA

धितुङका अग्निपीडित सार्की परिवारलाई विभिन्न निकायको राहत

असोज १९, २०७९

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङस्थित नमूना भञ्ज्याङका अग्निपीडित २ घरपरिवारलाई राहत उपलब्ध गराइएको छ ।

Muktinath Bank

सोमवार दिउँसो लागेको आगोले घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेपछि बिचल्लीमा परेका स्थानीय राजन सार्की र उनका छोरा सन्तोष सार्कीको परिवारलाई विभिन्न निकायबाट संकलित राहत मंगलवार उपलब्ध गराइएको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अग्निपीडित परिवारलाई जिल्ला प्रशासन कार्यालय खोटाङले नगद १५ हजार, खोटाङ उद्योग वाणिज्य संघ र खोटाङ यातायात प्रालिले १०/१० हजार नगद तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङले २ त्रिपाल, ८ वटा कम्बल, २ वटा बाल्टिन, २ परिकारका लागि आवश्यक भाँडावर्तन, ४ साडी तथा पाइन्ट र कुर्तासुरुवालको कपडा प्रदान गरेको छ ।


Advertisment
Nabil box
Kumari

हलेसी तुवाचुङ नगरपालिकाकी नगर प्रमुख विमला राई, प्रमुख जिल्ला अधिकारी सुर्यप्रसाद सेढाईं र रेडक्रसका जिल्ला सभापति ज्ञानेन्द्र जोशीले घटनास्थल पुगेर संयुक्तरूपमा राहत वितरण गरेका छन् ।

Vianet communication
Laxmi Bank

अग्निपीडित परिवारका लागि राहत वितरण गर्न जिल्ला प्रशासन र रेडक्रसको टोली घटनास्थलमै पुगेको थियो भने खोटाङ यातायात प्रालिले प्रमुख जिल्ला अधिकारीमार्फत र उद्योग वाणिज्य संघले रेडक्रसमार्फत राहत रकम पठाएका थिए । राहत वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी बल हलेसी गुल्मका गुल्मपति प्रहरी नायब उपरीक्षक श्याम रावत, वडाध्यक्ष टेकराज राई लगायतको उपस्थिति रहेको थियो । 

अग्निपीडित दुवै परिवारलाई जस्तापाताको व्यवस्थापन नगरपालिकाले गरिदिने र आवास निर्माणका लागि प्रदेश र संघीय सरकारसँग समन्वय गर्ने नगर प्रमुख राईले आश्वासन दिए । अग्निपीडित परिवारलाई वडाले तत्कालै महिनादिन पुग्ने खाद्यान्न र भाँडाकुँडाको व्यवस्थापन गरे पनि बासबस्ने ठाउँ अभाव भएपछि आफन्तको घरमा राखिएको वडाध्यक्ष राईले जानकारी दिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x