
भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ ।
उत्तराखण्डमा मंगलवार बस दुर्घटना भएको थियो । स्थानीय प्रहरीले बुधवार दिएको जानकारीअनुसार दुर्घटनामा परेर २० जनाको घटनास्थलमै ज्यान गएको छ ।
प्रहरीले २० वटा शव भेटेको र अरु कैयौ घाइते अवस्थामा रहेका बताएको छ ।
प्रहरीले २० शव घटनास्थलमा नै भेटेको र अरु घाइतेलाई तत्कालै अस्पताल पुर्याइएको जनाएको छ । उत्तराखण्डको पाउरी गरहल जिल्लाको धुमाकोटमा बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
मंगलवार राति नै उद्धारको काम थालिएको भए पनि दुर्घटनाग्रस्त क्षेत्र अप्ठ्यारोमा रहेकाले अँध्यारोका कारण उद्धारको काम गर्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।
पहाडी क्षेत्रमा यसअघि पनि बस दुर्घटना हुने गरेको प्रहरीले जनाएको छ ।