२१ असार २०८३, आइतबार

दक्षिण कोरियामा बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिनमा ३४ हजार बढी संक्रमित

दक्षिण कोरियामा बढ्न थाल्यो कोरोना संक्रमण, एकैदिनमा ३४ हजार बढी संक्रमित

दक्षिण कोरियामा अहिले पनि दिनमै ३४ हजार जना भन्दा बढी कोरोना भाइरसका संक्रमित रहेका पाइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार बुधवार मात्र यसअघिको २४ घन्टायता ३४ हजार सात सय ३९ जनामा कोरोनाको संक्रमण भएको पाइएको छ ।

यहाँ अघिल्लो दिनमात्र १६ हजार जनामा मात्र कोरोनाका संक्रमित पाइएकामा बुधवार ३४ हजारभन्दा बढी देखिएको हो । यहाँ अघिल्लो हप्ता दैनिक करिब २४ हजार जनामा संक्रमण भएको बताइएकामा बुधवार यसमा वृद्धि भएको हो ।

पछिल्लो दिन यहाँ कम्तीमा पनि १६ जनाको ज्यान गएको छ । यहाँ अहिलेसम्म कोरोनाबाट २८ हजार जनाभन्दा बढीको कोरोनाले निधन भएको छ । त्यसैगरी यहाँ यो महामारीको सुरुआतदेखि अहिलेसम्म नै २ करोडभन्दा बढीमा यो संक्रमण भएको बताइएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्