१० साउन २०८३, आइतबार

एएफसी यु १७ एसियन कप छनोट खेलमा नेपाल थाइल्याण्डसँग पराजित

एएफसी यु १७ एसियन कप छनोट खेलमा नेपाल थाइल्याण्डसँग पराजित

भियतनाममा जारी एएफसी यु–१७ एसियन कप छनोट २०२३ अन्तर्गत बुधवार सम्पन्न पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ३–० ले पराजित भएको हो । 

थाइल्यान्डलाई जित दिलाउन तोतावानले दुई र थानाक्रितले एक गोल गरे । ३०औँ मिनेटमा तोतावानको गोलमा थाइल्यान्डले अग्रता लिएको थियो । ६५औँ मिनेटमा तातावानले व्यक्तिगत दोस्रो गोल गरेका थिए भने, ७८औँ मिनेटमा थानाक्रितले थाइल्यान्डका लागि तेस्रो गोल गरे । त्यसपछि खेलमा थप गोल हुन सकेन । नेपालले थाइल्याण्डलाई ३–०को नतिजा सुम्पिनुपर्‍यो । 

समूह ‘एफ’मा रहेको नेपालले शुक्रवार दोस्रो खेलमा घरेलु टोली भियतनाम र अन्तिम खेलमा आइतवार चाइनिज ताइपेईको सामना गर्नेछ । छनोटमा सहभागी ४४ टोलीलाई १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समूहको शीर्ष टोलीका साथै उत्कृष्ट ६ उपविजेता एसिया कप २०२३ का लागि छनोट हुनेछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्