१९ असार २०८३, शुक्रबार

लाइभ शोमा जँड्याहाले रिपोर्टरलाई मुक्का हानेपछि (भिडियो सहित)

कात्तिक २०, २०७४
लाइभ शोमा जँड्याहाले रिपोर्टरलाई मुक्का हानेपछि (भिडियो सहित)

काठमाडौं, २० साउन — टीभीमा देखिनका लागि मानिसहरू जे गर्न पनि तयार हुन्छन् । तर रुसमा एक व्यक्तिले टीभीमा देखिनका लागि गरेको हर्कत देखेर तपाईंलाई रिस उठ्न सक्छ ।


क्रेमलिन टीभीको रिपोर्टरले एंकरसँग लाइभ कुराकानी गरिरहँदा एउटा जँड्याहा हल्लिँदै आयो र क्यामराको फ्रेममा देखाप–यो । रिपोर्टरले उसलाई रोक्न खोज्दा उसले रिपोर्टरलाई एक मुक्का दियो ।

रिपोर्टर निकिता राजवोजयेभले प्याराट्रुपरहरूको समारोहको लाइभ कभरेज गरिरहेका थिए । त्यतिखेर एकजना व्यक्ति क्यामराको फ्रेममा घुस्यो । ऊ त्यतिखेर रक्सीले टिल्ल भएको थियो । निकिताले उसलाई पर पठाउन खोज्दा ऊ रिसाएर एक पन्च हान्यो जसका कारण निकिता अलि परसम्म हुत्तिए ।

यो सबै हर्कत लाइभ टेलिकास्ट भयो । एंकर पनि तीनछक्क परिन् । उक्त जँड्याहाले रिपोर्टरलाई गाली पनि बक्यो ।

सेतो टिशर्ट लगाउने उक्त व्यक्ति पूर्वी युक्रेन निवासी भएको पत्ता लागेको छ । प्रहरीले भिडियोका आधारमा उक्त व्यक्तिलाई चिनेर पक्राउ गरेको छ ।

हेरौं भिडियो :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्