×

NMB BANK
NIC ASIA

सन् २०२२ मा नौ लाख भन्दा बढी पर्यटक भित्र्याउने श्रीलंकाको योजना

असोज १९, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

श्रीलंका सरकारले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको जनाएको छ । श्रीलंकाको पर्यटन विकास प्राधिकरण (एसएलटीडीए) ले हालैको आर्थिक र राजनीतिक अस्थिरतापछि सामान्य अवस्था फर्काउने दिशामा काम गरिरहेकाले यस वर्षको अन्त्यसम्ममा नौ लाखभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य लिएको हो ।

Muktinath Bank

प्राधिकरण प्रमुख प्रियन्था फर्नान्डोले सन् २०२२ को अन्त्यसम्ममा श्रीलंकाले कम्तीमा ९ लाख ७२ हजार ४७५ पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए । उनले भने, ‘नकारात्मकताको विरुद्ध लड्दै गर्दा पछिल्लो नौ महिनाको आगमनको आँकडाबाट हामी खुसी छैनौं । यो एक क्रमिक निर्माण हो र वर्षको अन्त्यसम्ममा हामीले धेरैभन्दा धेरै पर्यटक भित्र्याउने योजनामा प्रतिवद्ध छौँ ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनले भने, ‘सरकार र सरकारमातहतका निकायले सार्वजनिक तथा निजी सहकार्यलाई जोड दिँदै वर्षको बाँकी महिनामा विदेशी पर्यटकको चाप बढाउने प्रयास भइरहेको छ ।’


Advertisment
Nabil box
Kumari

श्रीलंकाका प्रमुख स्रोत बजारहरूले लगाएको यात्रा प्रतिबन्धहरू खुकुलो भए पनि सेप्टेम्बरमा मात्र २९ हजार ८०२ विदेशी पर्यटकहरूको आगमन भएको र यहाँको राजनीति, आर्थिक संकट र यसबाट प्रभावित पर्यटन सेवामा भारी प्रभाव देखिएको छ । 

Vianet communication
Laxmi Bank

पर्यटन उद्योगका जानकारहरूका अनुसार पर्यटन क्षेत्रको पुनरुत्थानमा देश यस क्षेत्रका प्रतिस्पर्धीहरु भन्दा निकै पछाडि छ । माल्दिभ्सजस्ता प्रतिस्पर्धी मुलुकले विगत केही महिनादेखि मासिक रूपमा एक लाखभन्दा बढी पर्यटकलाई स्वागत गर्दै आएका छन् भने श्रीलङ्कामा ३० हजारदेखि ६० हजारसम्म पर्यटक आउने गरेको सरकारी तथ्यांकले देखाएको छ ।

श्रीलंकाको प्रमुख विदेशी मुद्रा आर्जन गर्ने स्रोतमध्येको एक पर्यटन क्षेत्र कोभिड–१९ महामारी र यसको आर्थिक तथा राजनीतिक संकटका कारण धरापमा परेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०८०

सिरियाको पूर्वी प्रान्त देइर अल–जोरमा मध्यरातपछि अमेरिकी हवाई आक्रमणमा परी कम्तीमा नौ जना लडाकू मारिएका छन् ।  सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार अमेरिकी लडाकु विमानले देइर अल–जो...

कात्तिक २९, २०८०

हमासको कमान्ड सेन्टरलाई निशाना बनाउँदै इजराइली सेना बुधबार गाजाको सबैभन्दा ठूलो अस्पतालमा प्रवेश गरेको छ । हजारौँ बिरामी र आश्रय लिएका नागरिकहरू रहेको अस्पतालमुनि हमासको कमान्ड सेन्टर रहेको सेनाले बताएको छ ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x