
अनेरास्ववियु रूपन्देही सहसचिव झरना चौधरीको दशैँको टीका थाप्न जाने क्रममा सवारी टुर्घटनामा परेर मृत्यु भएको छ ।
बुधवार साँझ भैरहवामा स्कुटर दुर्घटनामा परेर उनको मृत्यु भएको अनेरास्ववियुका केन्द्रीय सदस्य बालकृष्ण पाण्डेले जानकारी दिए ।
घरमा टीका लगाएर मामाघरमा जानेक्रममा उनी दुर्घटनामा परेको पाण्डेले बताइएको छ ।
२० वर्षीय चौधरी केही समयअघि एमालेको कम उमेरमै वडा कमिटीको जिम्मेवारीमा आएर चर्चामा आएकी थिइन् ।