
अविरल वर्षाका कारण मौसम प्रभावित हुँदा कतार एयरको जहाज एप्रोज नमिलेपछि ओभरसुट गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा मौसमका कारण एप्रोज नमिलेपछि ओभरसुट गरेको हो।
बलात्कार आरोपी क्रिकेटर सन्दीप लामिछाने आएको भनिएको यो जहाज अहिले आकाशमै होल्ड भएको छ।
लामिछाने नेपाल आउने भएपछि प्रहरी टोली विमानस्थलमा तैनाथ भइसकेको छ ।
लामिछानेले बिहान १० बजे आफू काठमाडौं उत्रने जानकारी गराएका थिए ।