०३ असार २०८३, बुधबार

बारा दुर्घटनाका मृतकमध्ये ९ जनाको सनाखत

बारा दुर्घटनाका मृतकमध्ये ९ जनाको सनाखत

हेटौंडा तर्फबाट पूर्वपश्चिम राजमार्ग हुँदै वीरगञ्ज जाँदै गरेको यात्रुबाहक बस अनियन्त्रित भएर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ । 

हेटौंडा तर्फबाट वीरगञ्जतर्फ जाँदै गरेको बागमती प्रदेश ०६ ००१ ख ०११० नम्बरको बस अनियन्त्रित भएर सडकबाट करीब सय मिटर तल खस्दा भएको दुर्घटना भएको थियो ।

सनाखत भएको ९ जनामध्ये हेटौंडा–७ की अन्दाजी ५५ वर्षकी शुभलक्ष्मी श्रेष्ठ र अन्दाजी २० वर्षकी स्वस्तिका श्रेष्ठ रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । अन्य मृतकमा बाराको कलैयाकी बाज्रीना खातुन, पर्साको वीरगञ्जका सोमप्रसाद चौरासीया, मुन्नादेवी चौरासीया, बाराको कलैयाका इन्ताक अन्सारी, बारा अमलेखगञ्जका सुरेश विक, ठेगाना नखुलेका लालबहादुर बोगटी तथा गोरखाकी अम्बिका कंडेल रहेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक बलराम श्रेष्ठले बताए ।

salt training

कमेन्ट गर्नुहोस्