०८ असार २०८३, सोमबार

बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

कात्तिक २०, २०७४
बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध
बैतडी, २० साउन । गएराति परेको पानीले सडकमाथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । 

बैतडीको सतवाझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ७ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिनुभयो । 

बांगाबगरमा माथिबाटआएको पहिरोका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले बताउनुभयो । अवरुद्ध सडक खुलाउन जेसिवी लगाइएको र दिउँसोसम्म सडक पुनः सञ्चालनमा आउने प्रहरीले जनाएको छ । 

यातायातका साधन पूर्णरुपमा बन्द हुँदा काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, दार्चुला र बैतडी सदरमुकामका लागि छुटेका तथा जिल्ला भित्रिन लागेका यात्रु अलपत्र परेका छन् । 
विसं.२०६०मा आएको उक्त पहिरोको व्यवस्थापन तथा सडक मर्मत राम्रोसँग नहुँदा वर्षात्को समयमा प्रत्येक वर्ष उक्त ठाउँमा बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।पहिरोले त्यो बेला बांगाबगरमा छ घर पूर्णरुपमा नष्ट गर्नुका साथैे १५० रोपनी जमिन बगरमा परिणत गराएको थियो । 

त्यसबेलादेखि प्रत्येक वर्ष आउने पहिरोले हाल पनि बांगाबगरवासी चिन्तित भएका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्