×

X
Nic Asia
Khukuri

अमलेखगञ्ज बस दुर्घटना अपडेट : मृतकमध्ये १२ जनाको सनाखत

मकवानपुर | असोज २०, २०७९

NTC
Argakhanchi Cement
Premier Steels
TVS INSIDE

पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका–२२ अमलेखगञ्जस्थित खण्डमा आज बिहान १०:३० बजे भएको यात्रुवाहक बस दुर्घटनामा परी ज्यान गुमाएका १२ जनाको सनाखत भएको छ ।
 
दुर्घटनामा परी १६ जनाको मृत्यु भएको र चार जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक वामदेव गौतमले जानकारी दिए ।
     
ज्यान गुमाउनेमा बाराको कलैया उपमहानगरपालिका–२ बस्ने ४० वर्षीय लीलाराज चौधरी, चितवनको खैरहनी नगरपालिका– ५ बस्ने ६३ वर्षीया नन्दकुमारी पुडासैनी र चितवनकै कालिका नगरपालिका रमाइलो चोक बस्ने १४ वर्षीय सफल कँडेल रहेको प्रहरीले जनाएको छ ।
 
त्यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–१६ का ६५ वर्षीय सोमबहादुर चौरसिया, सोही स्थान बस्ने ३५ वर्षीया मन्निदेवी चौरसिया, मकवानपुरको हेटौँडा उपमहानगरपालिका– ७ का ५५ वर्षीया शुभलक्ष्मी श्रेष्ठ, हेटौँडा–७ कै २० वर्षीया स्वस्तिका श्रेष्ठ, बाराको कलैया उपमहानगरपालिका–१० बस्ने ३५ वर्षीया नाजलिन खातुन, कलैया–१० का इजाजत अन्सारी र बाराकै जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २८ वर्षीया सुरेश विक रहेका छन् ।
 
सोही दुर्घटनामा परी खोलढुङ्गा बस्ने सुरक्षाकर्मी लालबहादुर बोगटी र धनुषाको जनकपुर–५ बस्ने ५० वर्षीय सन्तोषकुमार रायको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
 
बसका चालक स्याङ्जा आदिखोला गाउँपालिका– ६ बस्ने ४० वर्षीय कोदिप्ति नारायण ढकालको भने हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको र उहाँको अवस्था सामान्य रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

LAxmi BAnk
nabil BANK inside

नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको बा ०६–००१ ख ०११० नम्बरको बस तीन नम्बर पुलस्थित सडकखण्डबाट २० मिटर तल खोलामा खसेको थियो । बसमा ५० जना सवार रहेको प्रहरीको भनाइ छ । रासस


Advertisment
RMC TANSEN
cg elex island
NIC ISLAND BOX

Advertisment
Saurya island
Vianet communication
IME BANK INNEWS
Maruti inside
Mega
NLIC
TATA Below
ncc inside
मंसिर १५, २०७९

नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत निकोला पोल्लिटले आज लुम्बिनी भ्रमण गरेकी छन् ।  लुम्बिनी भ्रमणमा आएकी राजदूत निकोलालाई लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषा...

मंसिर १५, २०७९

सडक निर्माणमा संलग्न ग्रेडरको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि उत्पन्न तनाव नियन्त्रणमा लिन स्थानीय प्रशासनले अहिले साँझ ७ः०० बजेदेखि अर्को आदेश नभएसम्मका लागि धनगढीमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन ...

मंसिर १५, २०७९

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) सँग नेपालका लागि अमेरिकाका राजदूत डीन आर. थम्पसनले परिचयात्मक शिष्टाचार भेट गरेका छन् ।  बालेनको कार्यकक्ष राष्ट्रिय सभा गृहमा भएको भेटका क्रममा प्रम...

मंसिर १५, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले जनवादी गणतन्त्र चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधनप्रति दुःख व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले पूर्वराष्ट्रपति जियाङको निधनमा चीनका राष्ट्रपति...

मंसिर १५, २०७९

क्षमता भन्दा बढी सामान ढुवानी गर्ने ७५ वटा ट्रक र ट्रिपरलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ । भक्तपुरको सल्लाघारी–जगाती सडकखण्डमा गरिएको रात्रिकालिन चेकिङका क्रममा सवारी साधनको हद निर्धारण गरिए...

मंसिर १६, २०७९

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को धौवादीमा भएको जीप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नम्बरको जीप हुप्सेकोट गाउँपालिका&nd...

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मधेशमा सीके राउतको उदय भयो भनिहाल्नु हतारो हुन्छ : सीके लाल [कुराकानी]

मंसिर ९, २०७९

मधेश आन्दोलनबाट उदाएका राजनीतिक दलहरूको अहिले भएको हार स्वाभाविक नै हो । केही दिनपछि मान्छेमा वितृष्णा आउनु स्वाभाविक नै हो । मधेश आन्दोलनको आक्रोश मत्थर भएको छ । सबै आ-आफ्नै कामधन्दामा लागेका छन् । नुन, तेल,...

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

जनताको बीचमा रहेर काम गरेकाले मैले चुनाव जित्ने निश्चित छ– परशुराम बस्नेत [कुराकानी]

मंसिर १, २०७९

परशुराम बस्नेत प्रदेशसभा सदस्य उम्मेदवार, मोरङ, क्षेत्र नम्बर ६ (ख) म निर्वाचनमा उम्मेदवारी दर्तापछि विभिन्न अभियानमा सहभागी हुनका लागि बिहान ५ बजे उठ्छु । व्यस्तता बढी हुने भएकाले प्रायःजसो राति १ बजे सुत्छु ...

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

रुपन्देहीका सपनालाई विपनामा बदल्ने नेता विष्णु पौडेल

कात्तिक ३०, २०७९

डी.आर. घिमिरे पुराना बेठीक नयाँ ठीक भन्ने भाष्य अहिले नेपाली राजनीतिमा खडा गरिएको छ । निर्वाचनका सन्दर्भमा यो कति ठीक हो भन्ने समीक्षा गर्न पाँच वर्ष कुर्नुपर्ने अवस्था छ । तथापि फोहोर बनेको राजनीतिलाई...

ad
x