०३ साउन २०८३, आइतबार

पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक

पहिरो पन्छाएपछि दुईतर्फी सञ्चालनमा आयो नारायणगढ-मुग्लिन सडक
फाइल फोटो

पटकपटक खसेको पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका–२९ स्थित केराबारी र अठार किलोमा खसेको पहिरो हटाएर बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

केराबारीको पहिरो ५ः५० हटाइएको थियो भने १८ किलोको पहिरो ६ः२० बजे हटाएर बाटो खुलाइएको प्रहरीले जनाएको छ ।

१८ किलोमा लेदोसहितको पहिरो खसेको थियो । यसअघि आज बिहान ८ः२० बजेको समयमा भरतपुर महानगरपालिका–२९, स्थित सत्रकिलो भन्ने स्थानमा अविरल वर्षाले लेदोसहित पहिरो खसेपछि दुईतर्फी बाटो अवरुद्ध भएको थियो ।

नारायणगढ मुग्लिन सडकखण्डमा यस वर्ष मात्रै दुई दर्जन बढी पटक पहिरो खसेर सडक अवरुद्ध भएको छ । रासस

salt training

कमेन्ट गर्नुहोस्