२१ असार २०८३, आइतबार
प्रतिनिधिसभा निर्वाचन

प्रचण्डले छाडे चितवन– ३, गोरखाबाट उम्मेदवारी दिने पक्का

प्रचण्डले छाडे चितवन– ३, गोरखाबाट उम्मेदवारी दिने पक्का
फाइल फोटो

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्ने भएका छन् ।

पार्टी पदाधिकारीको शुक्रवार बसेको बैठकले प्रचण्डलाई गोरखा– २ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो ।

गोरखा– २ यसअघि डा. बाबुराम भट्टराईले चुनाव जितेको क्षेत्र हो । डा. भट्टराईले यसपटक प्रत्यक्षतर्फ उम्मेदवारी नदिने घोषणा गरिसकेका छन् ।

स्थानीय तह निर्वाचनको नतिजा अनुसार यो क्षेत्रमा माओवादी सबैभन्दा बलियो छ भने हाराहारीको कांग्रेसको साथ पनि प्रचण्डलाई हुनेछ ।

स्थानीय चुनावमा एक्लाएक्लै प्रतिस्पर्धा भएको गोरखा– २ मा माओवादीले २२ हजार २५० र कांग्रेसले २१ हजार १३६ मत पाएका छन् ।

सत्ता गठबन्धनमै रहेको जसपाको मत ७ हजार ५०४ छ भने एमालेले ७ हजार ९२६ र राप्रपाले ८ सय ७८ मत पाएको छ ।

गोरखा– २ बाट उम्मेदवार बन्दा प्रचण्डलाई चुनाव जित्न निकै सहज हुनेछ । चितवन ३ मा भने कांग्रेसका मतदाताको भर पर्नुपर्ने अवस्था थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्