
नेकपा एमालेले चुनाव लड्न अनिच्छा जनाउँदै आएकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्वमुख्यमन्त्री समेत रहेकी उनले चुनाव लड्ने अनिच्छा राखेकै कारण तल्लो कमिटीले सिफारिस समेत गरेको थिएन ।
तर, एमाले अध्यक्ष केपी ओलीले उनलाई काठमाडौं–८ बाट प्रतिनिधिसभाको उम्मेदवार बनाउने निर्णय गरेका हुन् । शाक्य १० बुँदे पक्षधर हुन् भने उनी ओलीको कार्यशैलीको आलोचक मानिन्छिन् ।