नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन क्षेत्र नम्बर– ३ छाडेपछि भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले दु:ख व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबूकमा शुक्रवार स्टाटस लेख्दै दाहालले आफू स्तब्ध बनेको उल्लेख गरेकी हुन् ।
प्रसंग उल्लेख नगरी रेणुले लेखेकी छन्–
'दु:खद्, चितवनवासीका लागि दुर्भाग्य । स्तब्ध । भित्री बाहिरी षड्यन्त्रकारीहरूको नियत इतिहासले पक्कै उजागार गर्नेछ ।'
शुक्रवार मात्र माओवादी पदाधिकारी बैठकले प्रचण्डलाई गोरखा- २ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो ।