०७ साउन २०८३, बिहीबार
प्रतिनिधिसभा निर्वाचन

सत्ता गठबन्धनबीच सीट बाँडफाँटमा सहमति, भोलि हस्ताक्षर हुने [सूचीसहित]

सत्ता गठबन्धनबीच सीट बाँडफाँटमा सहमति, भोलि हस्ताक्षर हुने [सूचीसहित]
फाइल फोटो

सत्तारुढ गठबन्धनले प्रतिनिधिसभा तर्फको सिट बाँडफाँटमा सहमति जुटाएको छ । 

गठबन्धनको एउटा घटक जसपा बाहिरिएपछि गठबन्धले शुक्रवार भागवण्डा टुंग्याएको हो ।

जसपाको स्थानमा आएको मधेश केन्द्रित दल लोसपालाई दिने सीटको टुंगो लागेपछि कांग्रेस, माओवादी, नेकपा एसले पाउने सीटको संख्या एकिन हुनेछ । 

सहमति अनुसार काठमाडौंमा कांग्रेसले क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० गरी ६ वटा क्षेत्र लिने भएको छ । क्षेत्र नम्बर २, ७ र ९ माओवादीले लिने भएको छ भने ८ नम्बर नेकपा एसको भागमा परेको छ । माओवादीले पाएको मध्ये ७ नम्बरमा डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमीले टिकट पाउने सम्भावना छ । 

डा. बाबुराम भट्टराईले चुनाव जितेको क्षेत्र गोरखा २ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चुनाव लड्ने पक्का भएको छ । काठमाडौं– ८ बाट संस्कृति मन्त्री समेत रहेका नेकपा एसका जीवनराम श्रेष्ठ चुनाव लड्दैछन् । 

कांग्रेसले पाएका क्षेत्रमध्ये काठमाडौं १ बाट प्रकाशमान सिंह, ४ बाट गगन थापा र १० बाट राजन केसी उम्मेदवार बन्दैछन् । काठमाडौं ५ मा स्वर्णिम वाग्लेको चर्चा छ भने काठमाडौं ६ मा यसअघि जितेका भीमसेनदास प्रधानको सम्भावना छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार राति सम्पन्न गठबन्धन बैठकले यस्तो सहमति गरेको हो । सहमतिपत्रमा भोलि हस्ताक्षर गर्ने तयारी छ । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आइतवार उम्मेदवार मनोनयनको कार्यक्रम छ । 

हर्नुहोस्, सहमति भएका क्षेत्रहरू :

salt training

कमेन्ट गर्नुहोस्