०६ साउन २०८३, बुधबार

रुपन्देही–२ : एमालेमा पुरानै उम्मेदवारलाई टिकट

रुपन्देही–२ : एमालेमा पुरानै उम्मेदवारलाई टिकट
फाइल फोटो

नेकपा एमालेले रुपन्देही–२ मा पुरानै उम्मेदवार दोहोर्‍याएको छ ।

एमालेले प्रतिनिधि सभातर्फ उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेल र प्रदेशसभा २(१) मा पोलिटव्यूरो सदस्य लिला गिरी र २(२) मा प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।

श्रेष्ठ र गिरी लुम्बिनी प्रदेशका निवर्तमान मन्त्री पनि हुन् । 

उपाध्यक्ष पौडेलले यसअघि २०७४ सालमा नेपाली कांग्रेसका उम्मेदवार युवराज गिरीलाई भारी मतले हराएका थिए । अहिले सत्ता गठबन्धनबाट रुपन्देही–२ नेकपा एकीकृत समाजवादी (एस) पार्टीले पाउने भएको छ ।

नेकपा एसबाट जिल्ला इन्चार्ज राजु गुरुङ उम्मेदवार बन्ने पक्का जस्तै छ । 

salt training

कमेन्ट गर्नुहोस्