०४ साउन २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

उपेन्द्र सप्तरी–२ बाट चुनाव लड्ने, यी हुन् मधेशमा जसपाका १२ उम्मेदवार

असोज २२, २०७९
उपेन्द्र सप्तरी–२ बाट चुनाव लड्ने, यी हुन् मधेशमा जसपाका १२ उम्मेदवार

जनता समाजवादी पार्टीले मधेश प्रदेशमा अहिले सम्म कुल १२ सीटमा टिकट टुङ्गो लगाएको छ।

जसपाका प्रवक्ता मनिष सुमनका अनुसार अध्यक्ष उपेन्द्र यादवले  सप्तरी-२ बाट टिकट पाएका छन्।

सिरहा- २ मा राजकिशोर यादव, सिरहा-४ मा विरेन्द्र महतो, धनुषा-१ मा दीपक कार्की, धनुषा-२ मा गंगाराम यादवले टिकट पाएका छन्।

त्यसैगरी धनुषा-४ मा महाजन यादव, सर्लाही-१ मा प्रमोद साह, सर्लाही-४ मा राकेश मिश्रले टिकट पाएका छन्। मिश्र यस अघि लोसपामा आवद्ध थिए।

लोसपाले उनलाई टिकट नदिने भएपछि उनी जसपाबाट टिकट पाएका छन्।  

बारा-२ मा राम सहाय प्रसाद यादव, बारा-३ मा रामबाबु कुमार यादव, पर्सा-१ मा प्रदिप यादव, पर्सा-२ मा सुरेन्द्र कुर्मीले टिकट पाएका छन्।  सुमनका अनुसार सप्तरी-१ र ४ मा अहिलेसम्म कसलाई टिकट दिने हो भन्ने टुङ्गो लाग्न बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्