२१ असार २०८३, आइतबार

जुम्लामा पहिरोमा बेपत्ता भएकाहरूको खोज्न र घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्री खाँणको निर्देशन

जुम्लामा पहिरोमा बेपत्ता भएकाहरूको खोज्न र घाइतेको उपचारमा कमी हुन नदिन गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले जुम्लाको कनकासुन्दरी गाउँपालिकामा भएको वर्षासँगै खसेको पहिरोमा परेर बेपत्ता भएकाहरुको खोजी कार्य र घाइतेको उपचारमा  कमी हुन नदिन स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्देशन दिएका छन् । 

गृहमन्त्री  खाँणले प्रभावितको पुनः स्थापन कार्यमा कुनै कसर बाँकी नराख्न गृहप्रशासन र प्रजिअलाई निर्देशन दिएको उनको सचिवालयले जनाएको छ । 

गृह प्रशासनमार्फत घाइतेको उद्धारका लागि सेनाको हेलिकप्टरको व्यवस्थापन गरिए पनि खराब मौसमका कारण हेलिकप्टर जान नसकेको जुम्लाका प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केसरीले जानकारी दिए । 

उनले सो क्षेत्रमा अहिले पनि पानी परिरहेको जानकारी दिए ।

प्रजिअका अनुसार जुम्लाको कनकासुन्दरी गाउँपालिका–५ मा पहिरोमा पुरिएर यो समाचार तयार पार्दासम्म सातजनाको मृत्यु भएको छ । 

अन्य दुईजना घाइते भएकामध्य एकको अवस्था गम्भीर रहेको छ । 

उनीहरूको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । 

अहिले घटनास्थलतर्फ प्रजिअसहित जिल्ला सुरक्षा मितिको टोली गइरहेको जनाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्