१४ असार २०८३, आइतबार

एमाले र माओवादीका प्रदेश १ अध्यक्षले नै पाएनन् टिकट

एमाले र माओवादीका प्रदेश १ अध्यक्षले नै पाएनन् टिकट

प्रदेश १ मा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्षहरूले नै प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार बन्न नपाउने भएका छन् ।  

एमालेले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेलाई टिकट नदिएको हो । उनी भीम आचार्य मुख्यमन्त्री भएको समयमा प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रीसमेत बनेका थिए । 

एमालेले उनको साटो राजेन्द्र गौतमलाई टिकट दिएको छ । 

२०७४ को निर्वाचनमा बाम गठबन्धनको तर्फबाट न्यौपाने संखुवासभाको प्रदेश निर्वाचन क्षेत्र (ख) बाट विजयी बनेका थिए ।

उनले प्रदेशमा भने उम्मेदवारी नदोहोर्‍याउने बताएका छन् । 

यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) पनि चुनावी दौडबाट बाहिरिएका छन् । 

उनको नाम पाँचथरबाट प्रतिनिधिसभा र प्रदेशसभामा सिफारिस भएको थियो ।

उनको नाम प्रदेशसभामा पाँचथर (क)बाट सिफारिस भएको थियो ।

पाँचथर (२ख)मा भने माओवादी केन्द्रकै नेता इन्द्रबहादुर आङ्बो उम्मेदवार भएका छन् ।

नेम्वाङ सिफारिस भएको प्रदेश निर्वाचन क्षेत्र (क) भने नेकपा एकीकृत समाजवादीको भागमा परेको छ । 

यता, नेपाली काँग्रेसका प्रदेश १ सभापति उद्धव थापा भने प्रदेशको समानुपातिक सूचीमा परेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्