२२ असार २०८३, सोमबार

पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रङ्घीय महासचिवको आग्रह

पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । 

पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्व समुदायलाई आग्रह गरेका हुन् ।

उनले पाकिस्तानको सहयोगका लागि आवश्यक पर्नेगरी एक दाता सम्मेलनको तयारीमा संयुक्त राष्ट्रसङ्घ लागेको बताए ।

उनले भारी वर्षा र बाढीका कारण पाकिस्तानमा पुगेको क्षतिको मापन गरिएको र पाकिस्तानमा पुननिर्माण र यहाँका पीडितहरूको पुनर्स्थापनाका लागि दाताहरूको एक सम्मेलनको आयोजना गरिने जानकारी पनि दिएका हुन् ।

उनले शुक्रबार संयुक्त राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्ने क्रममा सो कुरा बताएका हुन्। 

पाकिस्तानको सहयोगका लागि उनले संयुक्त राष्ट्रसङ्घीय महासभामा एक प्रस्ताव पनि प्रस्तुत गरेको बताइएको थियो ।

सो प्रस्तावलाई महासभाले पारित गरेको छ । सो प्रस्तावमा विश्वका विभिन्न देश तथा दाताहरूलाई पाकिस्तानको सहयोगका लागि अपिल गरिएको छ । 

यस वर्षको मनसुनले पाकिस्तानमा ठूलो क्षति पुर्‍याएको छ । 

यहाँ सो मनसुनी वर्षाले एक हजार सात सय जनाभन्दा बढीको ज्यान गएको छ भने अरु हजारौँ व्यक्ति घाइते भएका छन् । रासस
 

salt training

कमेन्ट गर्नुहोस्