नेकपा एमालेका अध्यक्ष केपी ओली आइतवार गृह जिल्ला झापा पुगेका छन् । देशभरको पार्टीको टिकट बाँडेर आफ्नो उम्मेदवारी मनोनयन गर्नका लागि उनी आइतवार गृहजिल्ला झापा पुगेका हुन् ।
आयाेगले आइतवारका लागि प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे उम्मेदवारी मनोनयन गर्ने मिति तोकेको छ । अध्यक्ष ओली झापाको निर्वाचन क्षेत्र ५ बाट उम्मेदवारी दिँदैछन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहयोगमा उनी चुनावी प्रतिष्पर्धामा उत्रिन लागेका हुन् ।
एमालेले केही निर्वाचन क्षेत्रमा राप्रपा, जनता समाजवादी पार्टी (जसपा)सहितका दलहरूसँग तालमेल गर्ने सहमति गरेको छ ।
सोमवार देशभर एकैसाथ प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरिँदैछ ।