०४ साउन २०८३, सोमबार

दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गर्दै निर्वाचन आयोग

दलहरूले बुझाएको समानुपातिक उम्मेदवारको सूची सार्वजनिक गर्दै निर्वाचन आयोग

निर्वाचन आयाेगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको समानुपातिक तर्फको बन्दसूची शनिवार रातिसम्म सार्वजनिक गर्ने जनाएको छ । शनिवार आयोगले पत्रकार सम्मेलन गरेर आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभाको निर्वाचनका लागि पेस गरिएका समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली आज रातिसम्म सार्वजनिक गर्ने जनाएको हो । 

पत्रकार सम्मेलनमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिक तर्फको बन्दसूचीको अन्तिम काम चलिरहेको र आज राति १२ बजेसम्म आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने जानकारी दिए । उनले शनिवार साँझ ५ बजेसम्म नाम सार्वजनिक गर्ने भने पनि केही कारणवश ढिलाइ भएको जानकारी गराए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले प्रतिनिधि सभातर्फ ४८ वटा दलका २ हजार ४३६ जना उम्मेदवारको नाम सार्वजनिक गर्ने बताए । त्यस्तै प्रदेश १ मा ३६ दलका ६६१ जना समानुपातिक तर्फका उम्मेदवार, मधेश प्रदेशमा पनि ३६ दलका ९४८ जना, बागमती प्रदेशमा ४१ दलका ८२५, गण्डकी प्रदेशमा ३१ दलका ३६८, लुम्बिनी प्रदेशमा ३२ दलका ६५७, कर्णाली प्रदेशमा २८ दलका २२२ र सुदूरपश्चिम प्रदेशमा ३४ दलका ३७६ उम्मेदवारसहित ६ हजार ४ सय ९३ जना उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुने बताए । 

प्रमुख निर्वाचन आयुक्त थपलियाले समानुपातिकतर्फको अन्तिम नामावलीमा नाम समावेश भएका कोही पनि उम्मेदवारले प्रत्यक्षतर्फ उठ्न नपाउने व्यवस्था भएकाले दुवैतिर उठ्छु भन्ने भ्रम नपाल्न आग्रह गरे ।
 

salt training

कमेन्ट गर्नुहोस्