०८ साउन २०८३, शुक्रबार

गगन थापा सर्लाही ४ बाट उम्मेदवार !

गगन थापा सर्लाही ४ बाट उम्मेदवार !

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यसअघिको आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ४ छाड्ने भएका छन् । उनी आगामी मंसिर ४ गतेको निर्वाचनमा प्रतिनिधि सभातर्फ सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने स्रोतले जनाएको छ । 

गगन यसअघि काठमाडौं ४ बाट चुनाव लड्दै आएका थिए । गठबन्धनले गगनको निर्वाचन क्षेत्र काठमाडौं ४ नेपाली कांग्रेसकै भागमा पारेको थियो । तर, उनी आफ्नो पुरानो निर्वाचन क्षेत्र छाडेर सर्लाही ४ जाने पक्कापक्की भएको गगननिकट एक नेताले लाेकान्तरलाई बताए  उक्त क्षेत्रबाट पनि गगनको नाम प्रतिनिधि सभातर्फ उम्मेदवारका रुपमा एकल सिफारिस भएर आएको थियो । 

गगननिकट ती नेताका अनुसार तराई मधेशमा गुमेको पार्टीको शाख फर्काउनका लागि गगनले उक्त निर्णय गरेका हुन् । ‘सर्लाहीका पार्टी नेता तथा कार्यकर्ताहरू घरमै आएर आग्रह गरेकाले साथै तराई मधेशमा पार्टीको गुमेको शाख फिर्ता गर्नका लागि महामन्त्रीज्युले सर्लाहीबाट उम्मेदवार बन्ने निर्णयमा पुग्नुभएको हो’, ती नेताले लाेकान्तरसँग भने, ‘महामन्त्री नै जानुभएपछि मधेशमा कांग्रेसका अवस्था अहिलेको भन्दा निकै सवल हुनेछ भन्नेमा हामी सबै आशावादी छौँ ।’

गगनले छाडेको काठमाडौं ४ मा कांग्रेसबाट डा. स्वर्णीम वाग्लेले उम्मेदवार बन्ने चाहना राखेको पनि स्रोतको भनाइ छ । यद्यपि, अहिले बागमती प्रदेशको बारेमा छलफल नभएकाले यसबारे टुंगो नलागेको गगननिकट नेताले बताए ।

salt training

कमेन्ट गर्नुहोस्