२१ असार २०८३, आइतबार

बाडुली लागिरहन्छ ? यी हुन् पाँचवटा घरेलु उपचार

बाडुली लागिरहन्छ ? यी हुन् पाँचवटा घरेलु उपचार

प्रायः तपाईंले देख्नु भएको छ कि केही मानिसहरूलाई खाना खाँदा वा खाना खाएपछि छिटै बाडुली (हिचकी) लाग्न थाल्छ । यस्तो अवस्थामा सहन निकै गाह्रो हुन्छ । तर, केही घरेलु उपचारबाट बाडुली लाग्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । 

बाडुलीबाट छुटकारा पाउने उपाय

१. कागती र चिनीले तपाईंलाई बाडुली हटाउन धेरै मद्दत गर्न सक्छ । तपाईंलाई भनौँ कि यदि तपाईंले कागतीको रसमा चिनी मिसाएर सेवन गर्नुभयो भने याे समस्या तुरुन्तै हट्छ ।

२. प्रशस्त पानी पिउनाले पनि समस्याबाट छुटकारा पाउन सकिन्छ । फास्टफुड खाँदा यस्तो समस्या हुन सक्छ ।

३. यदि बाडुली लाग्छ भने, आफ्नो घुँडाले छाती छुने प्रयास गर्नुहोस् । भुइँमा बस्नुहोस् र घुँडालाई छातीमा टाँस्नुहोस् । ५ मिनेटपछि तपाईंले बाडुली हटेको महसुस गर्नुहुनेछ ।
४. यदि तपाईंलाई बाडुली लाग्छ भने तपाईंको ध्यान यता उता हटाउनुहोस् । कहिलेकाहीँ ध्यान विचलित गरेर पनि बाडुलीको समस्यालाई हटाउन सकिन्छ ।
५. महको सेवनले बाडुली लाग्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

माथि उल्लेख गरिएका केही घरेलु उपायहरू तपाईंका लागि बाडुलीको समस्या हटाउन निकै उपयोगी हुन सक्छन् । तर, अपनाउँदा पनि समस्या हट्दैन भने विज्ञसँग सम्पर्क गर्नुपर्छ ।

salt training

कमेन्ट गर्नुहोस्