१९ असार २०८३, शुक्रबार

पेट्रोल पम्पमा विष्फोट, १० जनाको मृत्यु

असोज २२, २०७९
पेट्रोल पम्पमा विष्फोट, १० जनाको मृत्यु

आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण १० जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

“क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।

विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्