१९ असार २०८३, शुक्रबार

पहिरोले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध

पहिरोले भीमदत्त र केआईसिंह राजमार्ग अवरुद्ध
फाइल फोटो

सुदूरपश्चिमका मुख्य २ राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।

डडेल्धुरामा भीमदत्त राजमार्ग र केआईसिंह राजमार्ग अवरुद्ध भएका जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । 

भीमदत्त राजमार्गको साहुखर्क र केआईसिंह राजमार्गको रडुवामा पहिरो गएको छ । लगातारको वर्षाका कारण सुदूर पहाडका राजमार्ग तथा ग्रामीण सडकहरू अवरुद्ध भएका छन् ।

प्रदेशका पहाडी जिल्लामा वर्षाका कारण टेलिफोन र विद्युत् सेवा समेत अवरुद्ध हुँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्