०४ साउन २०८३, सोमबार

उम्मेदवारी दर्ताका लागि दलहरूलाई छुट्टाछुट्टै समय

उम्मेदवारी दर्ताका लागि दलहरूलाई छुट्टाछुट्टै समय

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्न बैतडीमा दलहरूलाई छुट्टाछुट्टै समय उपलब्ध गराइएको छ ।

सर्वदलीय छलफलबाट उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिएको हो । 

सहायक निर्वाचन अधिकृत तीर्थराज आचार्यका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दर्ताका लागि सबैभन्दा पहिला समय दिइएको छ । 

पार्टीलाई अहिले ११ बजेदेखि १२ बजेसम्मको समय दिइएको छ । 

राप्रपा नेपाललाई १२ बजेदेखि दिउँसो १ बजे, नेकपा एमाले र नेकपा एकीकृत समाजवादीलाई दिउँसो १ बजेदेखि २ बजे सम्म, नेपाली कांग्रेसलाई दिउँसो ३ बजे, नेकपा माओवादी केन्द्रलाई ४ बजे तथा जनता समाजवादी पार्टीलाई साढे ४ बजेको समय उपलब्ध गराएको छ ।  

स्वतन्त्र उम्मेदवारको हकमा समय निर्धारण नगरिएको आचार्यले बताए । ‘स्वतन्त्र उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउन सक्नेछन्,’ उनले भने ।

बैतडीमा प्रतिनिधि सभाका लागि एउटै मात्र क्षेत्र रहेको छ भने प्रदेश सभातर्फ २ क्षेत्र कायम गरिएको छ ।  

कमेन्ट गर्नुहोस्