
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवारहरूले समान पोसाक लगाएर उम्मेदवारी दर्ता गराउन हिँडेका छन् ।
समान रातो पोसाक लगाएर क्षेत्र नम्बर १ का उम्मेदवार माधव सापकोटा 'सुबोध', एक कका उम्मेदवार युवराज दुलाल 'सरद' र एक 'ख'का उम्मेदवार सरल सहयात्रले उम्मेदवारी दर्ता गराउन गएका हुन् ।
उनीहरूले केहीबेरमा उम्मेदवार मनोनयनको तयारी गर्नेछन् ।