०५ साउन २०८३, मंगलबार

देउवाविरुद्ध उम्मेदवारी दिएपछि सागर ढकालले भने– अब दुई दिन निराहार व्रत बस्छु

देउवाविरुद्ध उम्मेदवारी दिएपछि सागर ढकालले भने– अब दुई दिन निराहार व्रत बस्छु

स्वतन्त्र उम्मेदवार सागर ढकालले प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट उम्मेदवारी दर्ता गराएका छन् ।

गठबन्धनका साझा उम्मेदवार देउवाविरुद्ध ढकालले आइतवार उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएपछि ढकालले अब २ दिन देशका लागि निराहार व्रत बस्ने बताए ।

'बिहान उठेर नुहाएर जपपाठ गरेर आएर उम्मेदवारी दर्ता गराएँ । अबको दुई दिन देशका लागि निराहार व्रत बस्छु,' ढकालले भने ।

बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई कडा प्रश्न सोधेर चर्चामा आएका ढकाल देउवाविरुद्ध उम्मेदवारी दिनकै लागि डडेल्धुरा पुगेका हुन् ।

त्यतिबेला 'तपाईं बड्दा बोल्दै हुनुहुन्छ' भनेर देउवाले ढकाललाई थर्काएको भिडियो क्लिप भाइरल नै बनेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्