
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यले प्रदेशसभामा उम्मेदवारी दर्ता गराएका छन् । मोरङ क्षेत्र नम्बर ६ (क) बाट उनले उम्मेदवारी दिएका हुन् ।
प्रतिनिधि सभामा भने सो क्षेत्रमा कांग्रेसका डा. शेखर कोइरालाले उम्मेदवारी दिँदैछन् । उनको चुनावी भिडन्त एमाले कि रिता न्यौपानेसँग हुने भएको छ । आचार्य माओवादीका केन्द्रीय सदस्य हुन् ।