×

NIC ASIA

टिकट वितरणमा असन्तुष्टि : मोरङमा एमाले परित्याग गर्ने बढ्दै

असोज २३, २०७९

Prabhu Bank
NTC
Premier Steels

मोरङ क्षेत्र नम्बर ३ मा १० बुँदे पक्षधरले टिकट पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीनिकटका नेताहरुले पाटी छाड्न थालेका छन् । प्रतिनिधि सभामा भानुभक्त ढकालले टिकट पाएका छन भने प्रदेशमा १० बुँदे पक्षधर नेताहरूले टिकट पाएका छन् । 

Muktinath Bank

क्षेत्र नम्बर ३(१)मा दिलिप कुमार राई र ३ (२)मा ज्ञानेन्द्र सुवेदीले टिकट पाएका छन्  । सुवेदी र राई दुवै जना १० बुँदे पक्षधर नेताहरू हुन् । प्रदेशमा उनीहरूलाई टिकट दिएको भन्दै प्रदेश कमिटी तथा जिल्ला कमिटीका नेताहरुले पाटी परित्याग गर्न थालेका हुन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पाटी परित्याग गर्नेमा प्रदेश कमिटी सचिवालय सदस्य रामकुमार बस्नेत, राजकुमार बस्नेत, मधु गुरुङ र प्रताप थापा रहेका छन । रामकुमार तत्कालीन मुख्यमन्त्री शेरधन राईका जनसम्पर्क सल्लाहकार हुन् भने राजकुमार साविकका डाँगिहाट गाविसका अध्यक्ष हुन् । गुरुङ सविधान सभाकी सदस्य हुन् । यस्तै जिल्ला कमिटी सचिवालय सदस्य गीता शिवाले समेत पाटी परित्याग गरेकी छन् । उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पाटी परित्याग गरेको जनाएका छन् ।


Advertisment
Nabil box
Kumari

टिकट वितरणमा असन्तुष्ट नेकपा एमाले मोरङका नेता मेघराज कट्टेलले पनि पार्टी परित्याग गरेका छन् । पार्टीका स्थानीय नेता तथा कार्यकर्ताको हितविपरीत उम्मेदवार छनोट भएपछि पार्टीमा बस्नुको औचित्य सकिएको कट्टेलले बताएका छन् ।

Vianet communication

नेकपा एमाले मोरङका सचिवालय सदस्यसमेत रहेका कट्टेलले मोरङको क्षेत्र नं. २ (१) बाट उम्मेदवार बन्न चाहेका थिए । तर, पार्टीले सो क्षेत्रबाट मेनपावर व्यवसायी डिबी कार्कीलाई उम्मेदवार बनाएको छ ।

यसअघि एमालेका जिल्ला सचिव रुपेश खतिवडाले राजीनामा दिइसकेका छन भने प्रदेश कमिटी सचिवालय सदस्य डिल्लीराम अधिकारीले पनि पार्टी परित्याग गरेका छन् । यस्तै एमालेबाट क्षेत्र नं. ५ मा एकल उम्मेदवार सिफारिस भएका योगेन्द्र मण्डलले स्वतन्त्र उम्मेदवारी दिएका छन् । जसपासँग गठबन्धन हुँदा मण्डलले टिकट नपाएका हुन् । 

मोरङमा एमालेमा टिकट वितरणमा व्यापक असन्तुष्टि देखिएको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x