
मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १ नम्बर प्रदेशका २८ वटा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन शान्तिपूर्ण भएको छ ।
१ नम्बर प्रदेशबाट २ पूर्व प्रधानमन्त्रीसहित प्रभावशाली नेताहरूले उम्मेदवारी दिएका छन् । झापा–५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन् ।
इलाम–१ बाट नेकपा एसका सम्मानित नेता झलनाथ खनाल, मोरङ–६ बाट नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला लगायतले उम्मेदवारी दिएका छन् ।
झापा–३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले उम्मेदवारी दिएका छन् । झापा–५ मा ओलीविरुद्ध स्वतन्त्र उम्मेदवारी परेको छ भने धनकुटामा माओवादीका हेमराज भण्डारीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।