२५ असार २०८३, बिहीबार

नेपाल आइडलबाट बाहिरिए उल्सन श्रेष्ठ, यी हुन् टप ७ का प्रतिस्पर्धी

कात्तिक २०, २०७४
नेपाल आइडलबाट बाहिरिए उल्सन श्रेष्ठ, यी हुन् टप ७ का प्रतिस्पर्धी
काठमाडौं, २० साउन— एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटी सो नेपाल आइडलबाट उल्सन श्रेष्ठ बाहिरिएका छन् ।Fullscreen capture 842017 95749 PM
शुक्रबार भएको अन्तिम ८ को प्रतिस्पर्धामा कम भोट पाएको आधारमा बटम थ्रीमा परेका खोटाङका श्रेष्ठ प्रतियोगिताबाट बाहिरिएका हुन् । बटम थ्रीमा परेका अरु दुई प्रतियोगि सुरज थापा र सागर आले भने अन्तिम ७ मा आफ्नो स्थान सुरक्षित गर्न सफल भएका छन् ।
यस्तै प्रमिला राई, निशान भट्टराई, बुद्ध लामा, सुजाता पाण्डे र प्रताप दास बढी भोट पाएको आधारमा अन्तिम ७ मा पुगेका छन् । आगामी साता ७ प्रतियोगिबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताबाट हरेक साता एकजना प्रतियोगि बाहिरिने गरेका छन् । गत साता सन्ध्या जोशी प्रतियोगिताबाट बाहिरिएकी थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्