११ साउन २०८३, सोमबार

मधेश प्रदेशको लोकसेवाले ११ उपसचिवका लागि खुलायो विज्ञापन (विज्ञापनसहित)

मधेश प्रदेशको लोकसेवाले ११ उपसचिवका लागि खुलायो विज्ञापन (विज्ञापनसहित)

प्रदेश लोकसेवा आयोग मधेश प्रदेशले प्रदेश निजामति सेवाका अधिकृत नवौं तह (अप्राविधिक/प्राविधिक) पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन सार्वजनिक गरेको छ ।

बिहीवार आयोगले रिक्त रहेका पदहरूको पदपूर्तिका निम्ति विज्ञापन खुलाएको हो । 

आयोगले अप्राविधिकतर्फ अधिकृत नवौँ तहमा खुल्लामा १ जना र अन्तरसेवामा १ जना मागेको  छ । 

यस्तै प्राविधिक अधिकृत नवौं तहको स्वास्थ्य सेवा बाहेकको सेवा तर्फ विभिन्न सेवा, समूह तथा उपसमूहमा ५ जना खुल्ला माग गरेको छ । 

यस्तै सोही तहको स्वास्थ्य  सेवातर्फ विभिन्न पद, समूह र उपसमूहमा ४ जना माग गरेको छ । 

आवेदन कात्तिक १६ गतेसम्ममा दिइसक्नुपर्ने छ । 
 

salt training

कमेन्ट गर्नुहोस्