०८ साउन २०८३, शुक्रबार

कस्तो छ चलचित्र ‘दुई नम्बरी’ ?

कस्तो छ चलचित्र ‘दुई नम्बरी’ ?

गत शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘दुई नम्बरी’ले यतिबेला हलमा राम्रो व्यापार गरिरहेको छ ।

दशैंको टीकाको दुई दिनपछि प्रदर्शनमा आएको चलचित्र हेर्न हलमा दर्शकको उल्लेखनीय सहभागिता छ । 

अधिकांश दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिईरहेका छन् । 

बिहीवार पनि चलचित्र हेर्न दर्शकको उपस्थिति उल्लेखनीय नै देखिन्छ । 

कस्तो छ फिल्म ? 

दीपेन्द्र लामाको लेखन एवं निर्देशन रहेको चलचित्र ‘दुई नम्बरी’ दुई मिल्ने शिकारी साथीको कथा हो ।

चलचित्रको मुख्य विषयवस्तु भने वन्यजन्तुको गैरकानुनी शिकारलाई बनाइएको छ ।

छिरिङ (दयाहाङ राई) र हिमाल (सौगात मल्ल) मिल्ने साथी हुन्छन्, जो बन्यजन्तुको सिकारमा रुची राख्छन् । 

एकअर्काको लागि जे पनि गर्न तयार हुने उनीहरू जंगली जनावर मारेर बेच्छन्, र आ–आफ्नो जीविकोपार्जन गर्छन् । 

उनीहरूको जीवनमा दुई युवतीको प्रवेशपछि आउने परिवर्तनको वरिपरि चलचित्र घुम्छ । 

दुईमध्ये हिमालको जीवनमा पहिल्यैदेखि एक युवती छिन, बाली (उपासना सिंह ठकुरी) । 

यता, छिरिङको जीवनमा पनि एक युवती उगेन (उगेन छोदेन)को प्रवेश हुन्छ्, जो भुटानबाट गाउँ आएकी हुन्छिन् ।

दुई मिल्ने साथी, उनीहरूले गर्ने वन्यजन्तुको सिकारी काम, युवतीसँगको प्रेमसम्बन्ध यही वरिपरी चलचित्र घुमेको छ । 

चलचित्रमा अर्का पात्र अभिनेता बुद्धि तामाङ पनि विशेष भूमिकामा देखिएका छन् । 

उनले उपस्थिति दर्शकका लागि हाँस्यरस बनेको छ । 

कमेडी धारमा निर्माण गरिएको चलचित्रले अन्त्यमा सन्देश प्रवाह गरेको छ । 

सामान्य त दुई नम्बरी भन्नेबित्तिकै गलत तरिकाले काम गरेर पैसा कमाउने बुझिन्छ । 

चलचित्रमा ‘दुई नम्बरी’को दुईवटा अर्थ देखाइएको छ । 

पहिलो, वन्यजन्तुको शिकार गरेर तस्करी गर्नु दुई नम्बरी काम हो । 

दोस्रो, दुईजना मिल्ने साथीहरूको मित्रतालाई पनि दुई नम्बरी भनिन्छ । 

चलचित्रको कथा सामान्य तर सन्देशमूलक छ । 

पटकथा राम्रो लाग्छ । संवादहरू रमाइला छन् । कलाकारहरूले पनि राम्रो अभिनय गरेका छन् । संगीत पक्ष भने औसत मात्रै छ ।

विशेष गरि रमाइलो चलचित्र मन पराउने दर्शकलाई २ नम्बरीले २ घण्टा ५ मिनेट हलमा बाँधेर राख्न सफल देखिन्छ ।  

salt training

कमेन्ट गर्नुहोस्