०६ असार २०८३, शनिबार

करेन्ट लागेर गैंडाको मृत्यु

करेन्ट लागेर गैंडाको मृत्यु
प्रतिकात्मक तस्वीर

चितवनमा करेन्ट लागेर १ गैंडाको मृत्यु भएको छ ।

बिहीवार बिहान ४ बजे खैरहनी नगरपालिका–१२ इचर्नी खोलानजिक रहेको बंगुर फार्ममा लगाइएको बिजुलीको तारमा करेन्ट लागेर गैंडाको मृत्यु भएको हो ।
    
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार अन्दाजी ५/६ वर्षको भाले गैंडा मरेको हो । सो ठाउँमा चितवन राष्ट्रिय निकुञ्जबाट प्राविधिकको टोली पठाइएको र थप अनुसन्धान भइरहेको आचार्यले जानकारी दिए ।

कुमरोज सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठले करेन्ट लागेर गैंडा मरेको जानकारी दिए । बंगुर फार्ममा नाङ्गो बिजुलीको तार लगाइएको र  त्यसैबाट करेन्ट लागेको श्रेष्ठले बताए ।

यो आर्थिक वर्षमा यससँगै २ गैंडाको मृत्यु भएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पछिल्लो तथ्यांक अनुसार ६९४ गैंडा छन् ।

salt training

कमेन्ट गर्नुहोस्