२९ जेठ २०८३, शुक्रबार

धनुषामा ६ जनाको उम्मेदवारी फिर्ता

धनुषामा ६ जनाको उम्मेदवारी फिर्ता

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये ६ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी मनोनयन दर्ता गराएकामध्ये प्रतिनिधि सभातर्फ २ जना र प्रदेश सभातर्फ ४ जना गरी ६ जना उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी फिर्ता लिएका हुन् ।

प्रतिनिधि सभातर्फ धनुषा–४ मा जनमत पार्टीका किसुनदेव यादव र नेपाल सद्भावना पार्टीका राजेन्द्र महतोले आफ्नो उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृत सुदिपकुमार दंगालले जानकारी दिए ।

प्रदेश सभातर्फ धनुषा–१(२) मा स्वतन्त्र उम्मेदवार लक्ष्मीनारायण मण्डल केवट, नेत्रदिप लामा र आनन्द मण्डलले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत उत्तम खरेलले जानकारी दिए । धनुषा–४(२) मा स्वतन्त्र उम्मेदवार  रामदुलार महतोले उम्मेदवारी फिर्ता लिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

असोज २३ गते प्रतिनिधि सभातर्फ धनुषामा ६६ जना स्वतन्त्र गरी १०३ जना र प्रदेश सभातर्फ ७७ स्वतन्त्र गरी १३८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्