
नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रवार बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बिहीवार एक विज्ञप्ति जारी गरी बैठक शुक्रवार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको जानकारी दिए ।
बैठकमा उपस्थित हुनका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार अनुरोध समेत गरिएको छ ।