
प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी मनोनयन गरेका विजयकुमार गच्छदारसहित ९ जनाको उम्मेदवारी खारेज हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ ।
गच्छदारसहित गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धविक्रम तामाङ, लक्ष्मी महतो, गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेज हुनुपर्ने मागसहित रिट निवेदन दायर भएको हो ।
ती उम्मेदवारहरू स्वच्छ छविको नभएका कारण उम्मेदवारी बदर हुनुपर्ने माग गर्दै अधिवक्ता अनिल आचार्यले रिट दर्ता गराएका हुन् । विभिन्न मुद्दा खेपिरहेका ती उम्मेदवारहरूको उम्मेदवारी मनोनयन खारेज हुनुपर्ने रिटमा माग गरिएको छ ।