०५ साउन २०८३, मंगलबार

राष्ट्रिय खेलकुद उद्घाटनका लागि उपराष्ट्रपति पुन पोखरामा

राष्ट्रिय खेलकुद उद्घाटनका लागि उपराष्ट्रपति पुन पोखरामा

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दबहादुर पुन बिहीवार पोखरा आएका छन् ।

असोज २८ गते शुक्रवार ४ बजे पोखरा रंगशालामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनी सहभागी हुनेछन् ।

बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गरेका जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए ।

उपराष्ट्रपतिको पोखरा आगमनसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उनी उपस्थित हुन नसक्ने जनाइएको छ ।

गण्डकी प्रदेशका आठै जिल्लामा शुक्रवारदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ । प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ ।

शुभारम्भका लागि पोखरा रंगशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचारप्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए । राष्ट्रिय खेलकुदमा ७ प्रदेश, ३ विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ ।

salt training

कमेन्ट गर्नुहोस्