०६ असार २०८३, शनिबार

प्रधानमन्त्री देउवासँग शंखधर साख्वाः प्रतिष्ठान प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री देउवासँग शंखधर साख्वाः प्रतिष्ठान प्रतिनिधिमण्डलको भेट

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवत्को नयाँ वर्ष एवं राष्ट्रिय विभूति शंखधर साख्वाः बारे आफू परिचित रहेको बताएका छन् । 

आज राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानको प्रतिनिधिमण्डलसँग भेट गर्दै उनले नेपाल संवत्को नयाँ वर्ष तथा राष्ट्रिय विभूति शंखधर साख्वाःको योगदानको बारेमा आफू परिचित रहेको बताएका हुन्।  

प्रधानमन्त्री देउवालाई प्रतिष्ठानका अध्यक्ष ज्ञानराम श्रेष्ठले नेपाल संवत् र राष्ट्रिय विभूति साख्वाःको बारे जानकारी गराउँदै प्रतिष्ठानको गतिविधि समावेश भएको पुस्तिका प्रदान गरे । 

अध्यक्ष श्रेष्ठले नेपाल संवत्को नयाँ वर्षको दिनमा हरेक वर्ष नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको प्रतिमामा सरकार प्रमुखको हैसियतले माल्यार्पण गर्ने परम्परा रहेको र सो समारोहमा प्रमुख आतिथ्यताको लागि प्रम समक्ष आग्रह गरे । 

भेटमा प्रतिष्ठानका संस्थापक अध्यक्ष मदनकृष्ण श्रेष्ठले प्रतिष्ठानको विगतका गतिविधिबारे प्रम देउवालाई जानकारी गराए । सो अवसरमा अध्यक्ष श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, पूर्वअध्यक्ष श्यामकृष्ण मानन्धर, उपाध्यक्ष सुरेश प्रधान, सहसचिव विनोद कोजुलगायतको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्