बलिउड फिल्म थ्यांक गडको ट्रेलर सार्वजनिक भएको छ ।
सामाजिक सञ्जालमा यस फिल्मका निर्माताले ट्रेलर सार्वजनिक गरेका हुन् ।
ट्रेलरलाई निर्माताले 'दिवाली ट्रेलर'को नाम दिएका छन्।
ट्रेलरमा अजय देवगन चित्रगुप्ताको भूमिकामा देखिएका छन् भने सिद्धार्थ मल्होत्रा जीवन र मृत्युको बीचमा झुण्डिएको भ्रमित व्यक्तिको भूमिकामा देखिएका छन् ।
एक दृश्यमा अजयले सिद्धार्थलाई पृथ्वीका एक प्रसिद्ध सुपरस्टारले उनको शो 'कौन बनेगा करोडपति'को आइडिया यमलोकबाटै चोरेको बताउँछन्।
यसमा अजय चित्रगुप्तको परम्परागत गेटअपमा संस्कृतमा कुरा गरिरहेका छन्, जुन सिद्धार्थले पटक्कै बुझ्दैनन्।
यो ट्रेलर हेरेपछि फ्यानहरुले यसलाई हास्यास्पद भनेका छन् ।
अजय देवगन, सिद्धार्थ मल्होत्रा र रकुल प्रीत स्टारर फिल्म २५ अक्टोबरमा हलमा रिलिज हुँदैछ ।
भिडियो हेर्नुहोस