×

NIC ASIA

सुनसरीमा प्रतिनिधि सभातर्फ चार पदका लागि ९४ को उम्मेदवारी

असोज २८, २०७९

Prabhu Bank
NTC
Premier Steels

सुनसरीमा प्रतिनिधि सभातर्फ ४ पदका लागि ९४ जनाले उम्मेदवारी कायम राखेका छन् । जिल्लामा चार निर्वाचन क्षेत्र रहेको छ ।  

Muktinath Bank

निर्वाचन आयोगले तय गरेको समयभित्र मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालय सुनसरीले सार्वजनिक गरेको नामावलीमा प्रतिनिधि सभामा ती उम्मेदवारी कायम भएको हो । सुनसरी क्षेत्र नं १ मा २० जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुनसरी–१ मा प्रतिनिधि सभातर्फ सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का मुक्सामहाङ सुब्बा उम्मेदवार बनेका छन् भने नेकपा (एमाले)–जसपाको तर्फबाट जनता समाजवादी पार्टी नेपालका अशोककुमार राई उम्मेदवार छन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जनमत पार्टीले फत्तबहादुर खडकालाई उम्मेदवार बनाएको छ । त्यसैगरी किरात खम्बुवान साझा पार्टीले देवीबहादुर राई, मंगाेल नेशनल अर्गनाइजेशनले प्रेमबहादुर श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सरस्वती सुब्बा, जनसमाजवादी पार्टी नेपालले मङगलसिंह लिम्बू, राष्ट्रिय स्वतन्त्र पार्टीेले गोमा तामाङलाई उम्मेदवार बनाएको छ । स्वतन्त्रबाट कृष्णकुमार राई, तर्कबहादुर मगर, मनोजकुमार मेयाङ्बो, जीवनकला राई, कुमार कार्की, वासुप्रसाद उपाध्याय, विजयकुमार राई, सञ्जयकुमार राई, मातृकाप्रसाद भट्टराई, कुलबहादुर लिम्बू र करुणा राई उम्मेदवार छन् ।


Advertisment
Nabil box
Kumari

त्यसैगरी सुनसरी क्षेत्र नं २ प्रतिनिधिसभामा नेकपा( एमाले)ले भीमप्रसाद आचार्यलाई उम्मेदवार बनाएको छ भने सत्ता गठबन्धनले कांग्रेसका सीताराम मेहतालाई उम्मेदवार बनाएको छ । राप्रपाले दिनेशकुमार बस्नेत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले मुमताज मियाँ, जनमत पार्टीले रामानन्द मेहता, मौलिक जरोकिलो पार्टीले रोहितकुमार दुलाल, हाम्रो नेपाली पार्टीले राजेश चौधरी, नागरिक उन्मुक्ति पार्टीले दीपकराज चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले रामेश्वर साहु हल्वाई, मंगोल नेशनल अर्गनाइजेसनले पूर्णबहादुर गुरुङलाई उम्मेदवार बनाएको छ ।

Vianet communication

त्यसैगरी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले नैनकुमार विश्वकर्मा, नेपाल लोकतान्त्रिक पार्टीले नुनुराम चौधरी, नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)ले शोभावतीकुमारी चौधरी, विवेकशील साझा पार्टीले विजयकुमार बस्नेत, जनसमाजवादी पार्टी नेपालले गजेन्द्रबहादुर ढकाल, राष्ट्रिय स्वतन्त्र पार्टीले लालविक्रम थापालाई उम्मेदवार बनाउँदा स्वतन्त्रबाट ललनकुमार मेहता, शर्मानन्द खतिवडा, विदुरप्रसाद पौडेल, चेतनाथ पौडेल, बविता नुन्दी, मनोजकुमार मेहता, सुरेशकुमार मेहता, श्रवणकुमार मेहता, फरेन्द्र शाह, बाबुराम सुवेदी र प्रेमप्रसाद भट्टराईले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी क्षेत्र नं ३ मा एमालेबाट भगवती चौधरी र कांग्रेसबाट विजयकुमार गच्छदारले उम्मेदवारी दिएका छन् । चौधरीलाई जसपा र गच्छदारलाई सत्ता गठबन्धनको समर्थन रहेको छ । यसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टीका कुलदीप चौधरी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका देवनारायण यादव (सिपलिया), मौलिक जरोकिलो पार्टीका रामेश्वर थापा, हाम्रो नेपाली पार्टीका यज्ञबहादुर कटुवाल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका राजोदेवी रिषिदेव, राष्ट्रिय जनमुक्ति पार्टीका साहाउद्दिन मियाँ, कांग्रेस (बिपी)का अम्बरबहादुर राउत, पिछडावर्ग निषाद दलित जनजाति पार्टीका कुन्दन बहरदार, राष्ट्रिय स्वतन्त्र पार्टीका कमलबाबु मैनालीले पनि उम्मेदवारी दिएका छन् । 

त्यसैगरी स्वतन्त्रबाट किशोरकुमार विश्वास, कासनी थरुनी, फागु यादव, गंगाकुमारी खरेल, मुकेशप्रसाद ढकाल, सज्जन ऋषिदेव, सुधादेवी उराँवनी, कुमारी उराँव, स्मित कार्की, सुमनकुमारी चौधरी र सहिमुद्दिन मियाँले उम्मेदारी दिएका छन् ।

यसैगरी क्षेत्र नं ४ बाट एमालेका जगदीशप्रसाद कुसियैत, कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की, राष्ट्रिय प्रजातन्त्र पार्टीका विद्यानन्द यादव, नेपाल मजदुर किसान पार्टीका अर्जुनप्रसाद भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका कुञ्जीलाल यादवले उम्मेदवारी दिएका छन् ।

त्यसैगरी जनमत पार्टीका देवराम यादव, जनता प्रगतिशील पार्टी नेपालका गुलाबचन मुसहर, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीका कुमार राई, नेपालका लागि नेपाली पार्टीका डम्बरबहादुर घिमिरे, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सत्यनारायण राम, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मोहमद सदिक मियाँ, एकीकृत शक्ति नेपालका गोपाल नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका जीवनकुमार श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

यस्तै स्वतन्त्रबाट समिर मंसुरी, धिरज वर्मा, केशव उराँव, फेकन दास मोची, बिद्यानन्द प्रसाद साह, खालिद हुसेन हक, श्याम प्रसाद ढकाल, केशव कार्की, डील्लीबहादुर बिष्ट, मनोजकुमार मण्डल, बालेश्वर यादव र अब्दुलजब्बार अंसारीले उम्मेदवारी दिएका छन् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x