
सुनकोसी मरिन डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम शुरू भएको छ । उक्त सुरुङ खन्ने काम टनेल बोरिङ मेसिन (टीबीएम) बाट हुँदैछ । सुनकोशी मरिन डाइभर्सन राष्ट्रिय बहुउद्धेश्यीय आयोजनाले शुक्रवारदेखि सुरुङ खन्ने काम थालेको हो ।
आयोजनास्थलको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले अनुमगन गरेकी छन् । मन्त्री भुसालसहित मन्त्रालयबाट ३ जना र विभागका महानिर्देशकसहित २ जना गरी पाँच जनाको टोली शुक्रवार आयोजनास्थल पुगेका हुन् । यसअघि नै आयोजनामा पहिलो खण्डको टनेल निर्माण कार्यको लागि पूर्व–तयारी सकिएको थियो ।
उक्त सुरुङ खन्न चिनियाँ कम्पनी चाइना ओभरसिजसँग ११ अर्ब २९ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।