२५ असार २०८३, बिहीबार

चुनावी प्रशिक्षणका लागि प्रचण्ड गोरखामा

चुनावी प्रशिक्षणका लागि प्रचण्ड गोरखामा

चुनावी प्रशिक्षण कार्यक्रममा सहभागी हुन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा पुगेका छन् ।

निर्वाचनकेन्द्रित अगुवा कार्यकर्ताको प्रशिक्षणका लागि प्रचण्ड शुक्रवार गोरखा पुगेका हुन् । 

प्रचण्ड शनिवारसम्म गोरखामै रहने जिल्लाका एक माओवादी नेताले जानकारी दिए । 

असोज २३ गते उम्मेदवारी दर्ता गराउन बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका प्रचण्ड एक हप्तामै फेरि आज निर्वाचन क्षेत्र पुगेका हुन् । 

प्रचण्डसँगै माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि गोरखा पुगेका छन् । 

मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनमा प्रचण्ड यसपटक गोरखा २ बाट प्रतिष्पर्धा गर्दैछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्